पोखरा । प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ।
पोखरा स्थित पार–६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवाल कुल १३८ अंक जोडदै उपाधि जितेका हुन् । प्रो सञ्जय र एमेच्योर गल्फर सिलवालले ३४ अंक जोडे भने अन्य दुई एमेच्योर थकाली र गुरुङले समान ३५ अंक बनाए।
प्रो निरज तामाङ सम्मिलित टोली कुल १२३ अंक जोडेर दोस्रो भएको छ। नीरजले ३२ स्कोर गर्दा एमेच्योर सुष्मा सिग्देलले ३२, दीपक कार्कीले ३० र अर्जुन कुमार कार्कीले २९ अंक जोडे। यसैगरी १०७ अंक जोडेर प्रो बलभद्र राईको टिम तेस्रो बन्यो। बलभद्रले २८ तथा एमेच्योर राजेन्द्र गौचनले २८ सन्देश सिग्देलले पनि २८ र रवीन्द्र तिवारीले २८ अंक जोडे।
महिलातर्फ सुष्मा सिग्देलले ३२ अंक सहित उत्कृष्ट कार्डको ट्रफी हात पारिन् । प्रकाश गुरुङले लङ्गेस्ट ड्राइभ र दिपक कार्कीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।
सर्वाधिक स्कोर गर्ने प्रो र उत्कृष्ट तीन एमच्योर गल्फर विजेता टोलीमा परेका हुन्। दोस्रो स्थानका प्रो खेलाडी र चौथो, पाँचौ र छैटौं स्थानका एमेच्योर खेलाडी दोस्रो भए। यसैगरी तेस्रो भएका प्रो तथा सातौं, आठौं,नवौं स्थानका एमेच्योर खेलाडी तेस्रो भएका हुन्।
स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फरम्याटमा खेलाइएको इभेन्टमा १५ प्रो र ५५ एमेच्योर खेलाडीले भाग लिएका थिए । विजेतालाई पिजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसीले पुरस्कार वितरण गरे।
शुक्रबार सम्पन्न ५४ होलको इभेन्टमा धरानका शुक्रबहादुर राईले एक-अन्डर २०६ को कुल स्कोरका साथ उपाधि जितेका थिए। सञ्जय लामा र भुवन नगरकोटीले एक(ओभर २०८ मा सम्युक्त दोस्रो स्थान हासिल गरेका थिए। २३औं संस्करणको प्रतियोगितामा कुल आठ लाख नगद पुरस्कार रहेको थियो।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो