काठमाडौँ — कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
‘संविधान रक्षकको भूमिकाका लागि तयार छु’
नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको रक्षकको भूमिकाका लागि आफू तयार रहेको बताएका छन् । बैठकपछि पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।
‘नेपालको संविधानको भावना र मर्मअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बेला छ । यस्तोमा म राष्ट्रपतिको संविधानको रक्षकको हैसियतका लागि तयार छु,’ पौडेलले भने, ‘मलाई नेपाली कांग्रेसबाट उम्मेदवारीको चरणमा यो प्रेरणा मिलेको छ । मलाई संसद्मा रहेका सबै दलहरूको सद्भाव र समर्थन पनि छ ।’
उनले संविधानको रक्षाका लागि सबैलाई आह्वान गरे । ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले जनतामा जुन अभूतपूर्व अधिकार प्रदान गरेको छ, त्यसको रक्षा गर्ने चुनौती छ । नेपालको संविधान, राष्ट्रियताको संरक्षण र जनताको जनजीवनको रेखदेख गर्ने जुन जिम्मेवारीका लागि म तयार भएको छु, त्यसका लागि म सचेत छु, तयार छु,’ उनले भने, ‘यो संविधान भनेको ठूलो संघर्षको उपलब्धि हो । म सबैलाई आह्वान गर्न चाहान्छु, कि हामी सबै मिलेर यो संविधानको रक्षा गरौँ ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने