पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शुक्रवार शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन) ले विद्यार्थीहरुको आन्तरिक क्षमताको कदर गर्दै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निमार्णबाट आफू अत्यन्त खुसी भएको बताउँदै विद्यालयले विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई बुझी बेलाबेलामा यस्ता प्रदर्शन गराउनु पर्ने बताए ।

विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफूमा रहेको अन्तरनिहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक सामग्री निर्माणले शिक्षण सिकाइमा समेत प्रभावकारी हुने बताए ।

साथै, उनले यही फागुन २६ गते पोखरा सभागृह हलमा अभिभावक उत्प्रेरणा तथा सम्मान कार्यक्रम राखिएको बताउँदै उक्त कार्यक्रमा नेपालका ख्यातिप्राप्त मोटिभेटर रवी कटुवालले प्रशिक्षण दिने साथै रचना रिमालको साङ्गीतिक प्रस्तुति रहनेसमेत जानाकारी गराए ।

उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले पाठ्यपुस्तकसँग सम्बन्धित विषयवस्तुलाई आधार बनाई विभिन्न विषयका शैक्षिक सामग्री प्रर्दशन गरेका थिए । यसैगरी आइ एन जि ग्रुपबाट मनोरञ्जनात्मक खेलका साथै माइ सेकेण्ड टिचर नामक ग्रुपले पनि विभिन्न किसिमका शैक्षिक तथा ज्ञानबर्द्धक सामग्री प्रस्तुत गरेको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माइ सेकेण्ड टिचरकी कलाकार एलिसा राईले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरु सेरिना खत्री र जस्मिना मल्लले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम र गण्डकी प्रदेश स्तरीय नाटकमा उत्कृट भएको नाटक ‘राजधानीको यात्रा’ पनि मञ्चन भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।



सम्बन्धित खबर
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर