पोखरा। पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय मौलिक बाजाहरुको संरक्षण लागि प्रयास गरिरहेको बताएकी छन्। पोखरा महानगरका वडाहरुले स्थानिय बाजा बजाउने तालिहरु सञ्चालन गरेर संरक्षणको प्रयास गरिरहेको बताइन्।
पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको १५ दिने मादल बजाउने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले स्थानिय बाजाहरुको संरक्षणका लागि यस्ता तालिमहरुले भुमिका खेलेको बताइन्। “स्थानीय बाजा लोप हुदै गएका बेला यस्ता तालिमहरुले संरक्षणमा भुमिका खेलेका छन।” उनले घर टोलमा हुने विवाह, व्रतबन्धन लगायतका धार्मिक कार्यहरुमा मौलिक र स्थानिय बाजाहरुको प्रयोग हुने गरेको भएपनि पछिल्लो समय लोप हुँदै गएको प्रति चिन्ता ब्यक्त गदै भन्नुभयो, बजाउने मान्छेहरु समेत नपाउने अवस्था सृजना भएको छ। यस्ता तालिमले स्थानिय ब्यक्तिहरुले अभावलाई सहज हुने विश्वास ब्यक्त गरिन्। उनले तालिमबाट प्राप्त सिपलाई समाजमा उपयोग गरेर आयआर्जनसंग पनि जोडन सकिने उल्लेख गरिन्।
कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य कल्पना भुवाजी क्षेत्री, प्रशिक्षार्थीको तर्फबाट कल्पना लामिछाने, प्रशिक्षक धर्मेन्द्र पौडेल लगायतले बोलेका थिए। कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको थियो। तालिममा उत्कृष्ट विष्णु शर्मालाई मादल प्रदान गरिएको थियो। उपप्रमुख गुरुङ र वडा अध्यक्ष बरालले मादल हस्तान्तरण गरे।
सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते