पोखरा। एकै रात तीनवटा बैङ्कको एटिएम (ATM) मेसिन फोड्ने खोज्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१५ स्थित एनआईसी एसिया बैङ्क, नेपाल बैङ्क लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन फोड्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुर जिल्ला गाईघाट नगरपालिका – ७ स्थायी घर भई हाल पोखरा -१७ छोरेपाटन बस्दै आएका २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङ्दी गाउँपालिका – ४ स्थायी घर भई सोही स्थान बस्दै आएका २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ छन्।
प्रहरीका अनुसार मङ्गलवार राति अन्दाजी १२:१० बजेको समयमा पोखरा -१५ रामबजार स्थित एनआईसी एसिया बैङ्कको एटिएम मेसिन, बिहान अन्दाजी १:२२ बजे बन क्याम्पस गेटसँगै रहेको नेपाल बैङ्क लिमिटेडको एटिएम र बिहान ४:०२ बजे पेन्सन क्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको एटिएम फोड्नका लागि ढुङ्गा हान्ने तथा सिसी क्यामेरालाई कागजले छोप्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थपको अनुमति लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने