झाडीबाट ल्याएकाे वस्तु खेलाउँदा बिष्फाेट, पाेखरामा २ किशाेर घाइते

झाडीबाट ल्याएकाे वस्तु खेलाउँदा बिष्फाेट, पाेखरामा २ किशाेर घाइते

bisfot1_large

पाेखरा । झाडीबाट ल्याएकाे बस्तु पड्कँदा पाेखरामा दुई किशाेर घाइते भएका छन् ।

पोखरा ३३ ठूलढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु घर नजिकै ल्याएर खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् ।

घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ    । ‘घाइतेहरुको अवस्था सामान्य नै छ । हात गाेडामा चाेट छ । त्यसमध्ये एउटाको राति नै अपरेसन भएको छ, अर्को एक जनाको आज भएकाे छ ।’ खड्काले भने ।

विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ