पोखरा महानगरपालिका वडा नम्बर ५, पर्स्याङबाट हराइरहेका बालक मृत फेला परेका छन् । सोमबार स्कूलबाट फर्केपछि बेपत्ता रहेका ४ वर्षीय सुहान केसी मंगलबार धारापानी मार्ग नजिकै रहेको खुँडेपोखरीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीका अनुसार बालक स्कूलबाट फर्केपछि हराएको जानकारी आउनसाथ प्रहरी टोली खोजी कार्यमा जुटेको थियो । नजिकैका सबै बाटो, मैदानतिर खोजी गरी स्थानियसँग सोधपुछ गरेबमोजिम राति अबेरसम्म खोजी गर्दा पनि फेला पार्न नसकिएको र गोताखोर टोलीले आज पोखरीबाट शव निकालेको उनले बताए ।
प्राप्त जानकारी अनुसार नर्सरीमा अध्ययनरत बच्चा स्कूलबाट ल्याएर आमाले दिदी नाता पर्ने आफन्तकहाँ छाडेर बजार निस्किएकी थिइन् । तर, फर्केर आउँदा बच्चा घरमा थिएनन् । त्यसपछि बच्चाको खोजीकार्य सुरु भएको थियो । आज पोखरीमा ३ घण्टा खोजी गरेपछि बालकको शव निकालिएको हो ।
नजिकैको दूरीमा खुँडेपोखरी रहेको छ । पोखरीलाई पक्का तारजालीले घेरिएको छैन । घटनापछि स्थानियले पोखरी तारबार गर्नुपर्ने माग गरेका छन् । उनीहरुले पोखरा महानगरपालिका, वडा नंं ५ कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । पर्वत घर भएका बालकको बुवा केहि दिन अघि मात्रै बिदा सकेर वैदेशिक रोजगारीमा फर्किएका छन् । दुई छोराका साथ मृतककी आमा पोखरामा बस्दै आएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते