आठौं संगम कप विल स्मृति फुटवल प्रतियोगितामा आयोजक संगमको विजयी सुरुवात

आठौं संगम कप विल स्मृति फुटवल प्रतियोगितामा आयोजक संगमको विजयी सुरुवात

331966120_828075862387200_3257809929191915626_n

पोखरा । अयोजक संगम क्लवले आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ मा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार(आज) भएको उद्घाटन खेलमा आयोजक संगम क्लवले सत्य युवा क्लव बी थट्टीनलाई ३—१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

संगमको जितमा निश्चल जि.सि.ले दुई गोलको योगदान दिए भने अमिर गुरुङले एक गोल गरे । बी थट्टीनका सरोज विकले एक गोल गरे । खेलको ३० औं मिनेटमा संगमका जि.सी.ले पहिलो गोल गरे भने पहिलो गोल खाएको ७ मिनेटमै बी थट्टीनका सरोज बि.क.ले गरेको गोलले खेल बराबरीमा पुगेको थियो । खेलको ५५ औं मिनेटमा संगमका अमिरले एक गोल गरी खेलमा २—१ अग्रता दिलाए । त्यसै गरी खेलको ६० औं मिनेटमा जि.सि.ले पुनः एक गोल गरी आफ्नो व्यक्तिगत दुई गोल गर्दा आफ्नो टिमको जित सुनिश्चित पारेका हुन्।

त्यसै गरी सोमबार नै भएको अर्को खेलमा सितल ज्योति क्लवलाई एल.जी.एशोसीयसन क्लवले पराजित गरेको छ । आसिस गुरुङको निर्णायक एक गोलको मद्धतले एल.जी. एशोसीसयनले सितल ज्योति माथि १—० को झिनो गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । पहिलो हापको इन्जुरी समयमा आसिसले वान भर्सेस वानमा गोल गरेका हुन्। दोश्रो खेल प्रविधिक कारणले गर्दा ३०/३० मिनेटमा खेल संचालन गरिएको थियो । भोलि (मंगलबार) प्रि—क्वाटरका तीन खेल हुने भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए ।

यसैबिच उक्त प्रतियोगिताको एक समारोहका बिच कास्की जिल्ला फुटवल संघ (एन्फा) का अध्यक्ष उज्जल रन्जितले रेफ्रि शुसिल केसीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष रन्जितले फुटवल खेलको विकास हुने यस्ता प्रतियोगिताको प्रबद्र्धन गर्न आग्रह गरे । कार्यक्रममा राष्ट्रिय कोच संघका अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङले अब खेल मनोरन्जन र स्वास्थ्यको लागि मात्र नभई विश्व सामु पहिचान गराउने शसक्त माध्यम भएको दाबी गरे । उक्त अवसरमा क्लवले फुटवल खेलको विकासमा योगदान पुराएको भन्दै फुटवल प्रशिक्षक शम्भु के.सी.लाई दोसल्ला ओढाई सम्मान गरेको छ । क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उपाध्यक्ष भिम बहादुर गुरुङ, सचिव बिकल राई लगायतले वोलेका थिए ।

पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा फुटवल खेलको विकास गर्ने उद्धेश्यले यही फागुन १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा आबद्ध भएका क्लवहरु बिच मात्र प्रतिष्प्रर्धा हुने उक्त प्रतियोगिताबाट कास्कीको टिम तयार पार्न २५ जना खेलाडीहरु छनौट समेत गरिने भएको उनले बताए ।

प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको अध्यक्ष गुरुङले बताए । तल्लो स्तरबाटै फुटवल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई क्लवले निरन्तर रुपमा आयोजना गर्दै आएको उनले जनाए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिड फिल्डरलाई जनहि ५/५ हजार पुरस्कार प्रदान गरिने भएको छ । संगम क्लवले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो । क्वाटरफाइनलबाट हरेक खेलमा म्यान अफ दी म्याचलाई ट्रफीको साथमा एक हजार रुपैया समेत प्रदान गरिने भएको छ । पुर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा क्लवले उक्त फुटवल प्रतियोगिता संचालन गरेको हो । प्रतिनिधि सभा सदस्य एवं क्लवका पूर्व सचिव शिव नेपालीको समेत कार्यक्रममा बिषेश उपस्थिती रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ