पोखरा । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा सोमबार (आज) देखि आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । फुटवल खेलको विकास गर्ने उद्धेश्यले यही फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवले जनाएको छ ।
सोमबार पहिलो खेल आयोजक संगम क्लव र सत्य युवा क्लव बी थट्टीन बिच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी सोमबार नै सितल ज्योति क्लव र एल.जी.एशोसीयसन बिच दोश्रो खेल हुने भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संयोजक मायाले बताए । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा आबद्ध भएका क्लवहरु बिच मात्र प्रतिष्प्रर्धा हुने उक्त प्रतियोगिताबाट कास्कीको टिम तयार पार्न २५ जना खेलाडीहरु छनौट समेत गरिने भएको उनले बताए ।

प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । तल्लो स्तरबाटै फुटवल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई क्लवले निरन्तर रुपमा आयोजना गर्दै आएको उनले जनाए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिड फिल्डरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ । संगम क्लवले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो । क्वाटरफाइनलबाट हरेक खेलमा म्यान अफ दी म्याचलाई ट्रफीको साथमा एक हजार रुपैया समेत प्रदान गरिने भएको छ । पुर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा क्लवले उक्त फुटवल प्रतियोगिता संचालन गरेको हो ।
यसैबिच, सोमबार उक्त प्रतियोगिताको एक समारोहका बिच दिउँसो १ः०० बजे कास्की जिल्ला फुटवल संघ (एन्फा) का अध्यक्ष उज्जल रन्जितबाट उद्घाटन हुने कार्यक्रम तय गरिएको क्लवले जनाएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते