पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातापछि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुने भएको छ । यही फागुन ११ गते बिहीबारदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनका लागि तयारी पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले जनाएको छ ।
पोखरामा आईएफआर प्रणाली लागु हुने भएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो देखाएका छन् । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगम लगायतले चासो देखाएका हुन् ।
आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भीएफआर) को तुलनामा निकै सुरक्षित र सहज हुने प्राधिकरणले जनाएको छ । हिमालय एअरको न्यारोबडी विमान एयरबस ३२० ले पोखरामा परीक्षण उडान गरिसकेको छ ।
उडानका लागि चासो देखाएका विमान कम्पनीका विमान, यात्रु क्षमता र उडान गर्न चाहेको गन्तव्य लगायत विषयमा छलफल हुने बाँकी रहेको पनि प्राधिकरणले जनाएको छ ।
गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायत वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।
सम्बन्धित खबर
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते