पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा वडामा सामाजिक क्षेत्रमा महिलाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा अनिशा अधिकारी प्रथम, सरस्वती पौडेल द्धितिय, जमुना भण्डारी तृतीय र सृजना सापकोटा बराल सान्त्वना भएका छन् । प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश नगद रु.४ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा वडामा क्रियाशिल १२ जना महिला दिदीबहिनीको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायक रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, भद्रकाली माविका सहायक प्रध्यानाध्यापक लोकेन्द्र खनाल, अधिवक्ता गिता लामाछाने रहेका थिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष राममोहन आचार्यले महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
वडा सदस्य तथा कार्यक्रम संयोजक सुनिता सुनारले यो कार्यक्रमले महिला दिदी बहिनीहरुको आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिन् । निर्णायक संयोजक दुर्गा अधिकारी मुल्याङ्गकनका विविध विषय हरेर मुल्याडक गरिने बताइन् । कार्यक्रमको संचालन वडा सदस्य अर्जुन थापाले गरेका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते