पोखरा । होटल पौवाले नेपाली चार्ड पर्वलाई हर्स र उल्लाहासका साथ मनाउन थालेको छ । पोखराको लेकसाइडमा रहेको होटल पौवाको शाखाले पनि महाशिव रात्रि पर्वको अवसरमा शनिबार होटलमा साँझ भजनकृतन सहित प्रसाद वितरण गर्ने भएको हो ।
नेपाली चार्ड पर्वहरुको महत्व घट्दै गएको अबस्थामा नेपाली चार्ड पर्वको नयाँ पुस्तालाई बुझाउदै नेपाली पर्वको प्रबद्र्धन गर्न नेपाली चार्ड पर्व सामुहिक रुपमा मनाउन थालिएको होटल पौवा पोखरा शाखाका व्यवस्थापक राजेन्द्र बस्यालले बताए । माघे सक्राति पर्वको अवसरमा समेत होटलमा आएका पाहुनाको साथमा होटल वरपरका स्थानियलाई समेत निम्तो दिदै सामुहिक रुपमा माघे सक्राति पर्व मनाएको होटल पौवाले महाशिव रात्रि पर्व पनि पाहुना र स्थानिय बिच मनाउने भएको उनले जनाए ।
यसैबिच, केदारेश्वर महादेव मणि मन्दिरमा होटल पौवाले शनिबार शिवरात्रि पर्वको अवसरमा पिउने पानी, चिया र प्रसाद रुपमा वितरण गर्ने भएको छ ।
शिवरात्रि पर्वको अवसरमा होटल पौवाका सबै शाखाहरुमा विशेष पुजा गर्दै साझ ५ बजेपछि बुलुका १०ः०० बजेसम्म भजनकृर्तनमा आगन्तुक पाहुना र स्थानीयलाई मनोरन्जन दिलाउने भएकोे व्यबस्थापक बस्यालले बताए । ‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मुल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम हुने भएको हो ।
वुटवल, भैरहवा, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, धनगढी, जुम्ला लगायतका स्थानमा शाखा विस्तार गरेको होटल पौवाले काठमाडौं, चितवन र जनकपुरमा भने केही बर्षमा शाखा विस्तार गर्ने योजना बनाएको होटल व्यबस्थापन समितिले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की