पोखरा । गण्डकी प्रदेश स्तरिय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ शुक्रबारदेखि पोखरामा सुरु भएको छ । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार भएको भेट्रान्स तर्फको विधामा म्याग्दीका जय प्रकाश छन्त्याल प्रथम भएका छन्।
उनले ८ जना प्रतियोगिहरुलाई पछि पार्दै भेट्रान्स तर्फको उपाधि हात पारेका हुन्। त्यसै गरी प्रतियोगितामा कास्कीका हिरामान लालचन दोश्रो र म्याग्दीकै भिमेन्द्रमान पुन तेश्रो भएका छन् । उक्त प्रतियोगितामा भेट्रान्स तर्फ ८७ बर्षका मिन बहादुर शेरचन र ६९ बर्षका हरिध्वज तुलाचन समेत सहभागि भएको अध्यक्ष शेरचनले जनाए ।
प्रतियोगिता अन्र्तगत शुक्रबार भएको रिकर्ब खुल्ला पुरुष प्रतिष्प्रर्धामा कास्कीका सुमन गुरुङले ५ सय ९५ अंक बटुल्दै अग्र स्थानमा रहेका छन् । कास्कीकै अशिम शेरचनले ५ सय ८८ अंक ल्याउदै दोश्रो स्थानमा रहे भने कास्कीकै दुर्गा घर्तिमगर ५ सय ५७ अंक सहित तेश्रो स्थानमा रहेका छन्। त्यसै गरी पुरुष स्टाण्डर्ट तर्फको विधामा बागलुङका हिकमत पुरी अग्र स्थानमा रहेका छन भने कास्कीका ३ सय २७ अंक सहित रबिन थापा र कास्कीकै प्रदिप पूर्जा ३ सय २७ अंक सहित दोश्रो स्थानमा रहेका छन्।
त्यसै गरी रिकर्ब खुल्ला महिला तर्फको प्रतिष्प्रर्धामा पहिलो दिनको खेलमा कास्कीका खेलाडीहरु अग्रस्थानमा रहेका छन् । कास्कीका केशरी आले मगरले र कास्कीकै बिष्णु माया लिम्बुले समान ५ सय ८८ अंक ल्याउदै अग्रस्थानमा रहे भने कास्कीकै अनुस्का शेरचनले ५ सय ७२ अंक ल्याउदै दोश्रो स्थानमा रहेकी छन्।
शनिबारसम्म पोखरा रगंशालाको आर्चरी खेल मैदानमा संचालन चल्ने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङले गरे । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरूङले हरेक कुरा सफल हुन शारीरिक रूपमा स्वस्थ हुन आवश्यक भएको बताए । खेलकुदमा चासो नराख्ने भए पनि नवांै खेलकुद पोखरामा हुनुले आफुलाई खेलकुदको थप महत्व बुझ्ने अवसर मिलेको उनले जनाए । धनुषबाणको रूपमा खेल्ने मानव सभ्यताको रूपबाट सुरू भएको तारा खेलको सुधारिएको खेल आर्चरीमा नेपालको पदकको राम्रो सम्भावना भएको यस खेलको प्रबद्र्धन गर्न सबै लाग्नु पर्ने प्रदेश प्रमुख गुरुङले बताए ।
कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङ, परिषदका का.बा.सदस्य सचिव घनश्याम पौडेल, संघका केन्द्रिय अध्यक्ष दीपकराज गुरुङ लगायतले खेलकुदको विकास गर्न यस्ता प्रतियोगिता निरन्तर रुपमा आयोजना हुनु पर्नेमा जोड दिए । कार्यक्रममा खेलाडीहरुको साथमा गण्डकी प्रदेशका सांसदहरु प्रकाश बराल र विकल शेरचनलाई समेत सम्मान गरिएको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन संचालन हुने भएको उक्त प्रतियोगिताको सह— आयोजक कास्की जिल्ला आर्चरी सघले रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, म्याग्दी, पर्बत र कास्की बाट करिब ८९ जना खेलाडीहरुको सहभागिता भएकोे कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । प्रतियोगिता अन्र्तगत रिकर्ब ओपन पुरुष र महिला र स्टाण्डर्ट पुरुष तर्फ को ब्यक्तिगत खुल्ला प्रतिस्प्रर्धा भएको अध्यक्ष शेरचनले जनाए । रिकर्ब ओपन ७० मी र स्टाण्डर्ट ३० मी को दुरीमा खेल भएको छ ।
भेट्रान्स पुरुष तर्फ प्रथम हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने संघले जनाएको छ ।
प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अन्र्तगत आयोजना भएको उक्त प्रतियोगितामा मुख्य आर्थिक सहयोगीको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेघा बैकं र पोखरा महानगरपालिका रहेको संघले जनाएको छ । बिगत १० बर्ष देखी आर्चरी प्रतियोगितालाई उक्त बैंकले निरन्तर आर्थिक सहयोग गर्दै आएको छ भने यस बर्ष देखी पोखरा महानगरपालिकाले समेत सहयोग गर्ने भएको हो ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते