कास्की टेनिस खेलाडीहरुको टोली बुटवल प्रस्थान

कास्की टेनिस खेलाडीहरुको टोली बुटवल प्रस्थान

326848657_1125406344804031_1703657173680047508_n

पोखरा । कास्कीको टेनिस खेलाडीहरुको टोली बुटवल प्रस्थान गरेको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा भोलि (शनिबार) देखि बुटवल देविनगरको टेनिस कम्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७९ मा सहभागि हुन कास्कीको खेलाडी सहितको एक टोली आज (शुक्रबार) विहान वुटवल प्रस्थान गरेको हो ।

कास्कीका खेलाडी सहित कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ लगायतका टोलीलाई एक समारोहका बिच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले खादा लगाउदै यात्रा सहित प्रतियोगितामा सफलताको कामना गरेका थिए । प्रतियोगितामा सहभागि हुनु पूर्व जसरी खादाबाट खेलाडीहरुलाई बिदाई भएको छ टोली पोखरा फर्किदा ट्रफी सहित सम्मान गर्ने वातावरण हुनेमा अध्यक्ष बरालले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष बरालले गण्डकी प्रदेशको राजधानि पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको दाबी गर्दै देशका कुनै पनि ठाँउमा आयोजना हुने प्रतियोगितामा पोखरा क्षेत्रका खेलाडीहरुले सहभागिता जनाउनु नै ठुलो कुरा भएको बताए । उक्त प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडी प्रदिप खड्का, आसिस खड्का, नेहालजंग बहादुर थापा र बिष्णु नेपाली रहेका छन भने करिब २० जना भेट्रान्स खेलाडीहरु सहभागि हुदै गरेको कास्कीबाट सहभागि एक खेलाडी सुर्यबहादुर भुजेलले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ