सहारा एकेडेमीको अन्तराष्ट्रिय फुटबल मैदान बनाउन तथा खोला नियन्त्रणमा विशेष पहल गर्छुः मन्त्री गुरुङ

सहारा एकेडेमीको अन्तराष्ट्रिय फुटबल मैदान बनाउन तथा खोला नियन्त्रणमा विशेष पहल गर्छुः मन्त्री गुरुङ

331232020_6130225170331879_3470502382994608093_n

पोखरा । गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले पोखरा १७ मा रहेको सहारा एकेडेमीको अवलोकन भ्रमण गरेका छन्। सहारा क्लवको निमन्त्रणमा शुक्रबार एकेडेमी अवलोकन गर्दै मन्त्री गुरुङले सहारा एकेडेमीको हालको फुटवल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन तथा एकेडेमी सहितको दोविल्ला बस्ती संरक्षणको लागि खोला नियन्त्रणमा विशेष पहल गर्ने बताएका छन्।

क्लवको पहलमा दोविल्लामा निकै राम्रो भवन सहितको फुटवल मैदान निर्माण भएकोले अब उक्त मैदानलाई पोखराको बैकल्पिक फुटवल मैदान बनाउन आवश्यक भएको उनले जनाए । मन्त्री गुरुङले प्रदेशले सकेसम्म प्रदेशबाट अन्यथा केन्द्रबाट पहल गरेर भए पनि बस्ती सहित एकेडेमीको बृद्धि विकासमा केही न केही सहयोग गर्ने बताएका छन्। एकेडेमीका वालकहरुलाई मेसी, रोनाल्डो जस्तो खेलाडीको रुपमा आफ्नो खेल कौशल प्रदर्शन गर्न आग्रह गर्दै मन्त्री गुरुङले खेलाडीहरुलाई परेको पिर मर्काको बिषयमा न्याय दिलाउन बिशेष पहल गर्ने जनाए । एउटा राम्रो खेलाडीले आफ्नो बाबु, आमा, समाज , क्षेत्र, प्रदेश, देश र अन्तराष्ट्रिय स्तरमा नाम सहजै कमाउन सकिने हुदा खेलकुदमा सपना देख्न युवा बर्गलाई आग्रह गरे ।

आफु राप्रपाबाट मन्त्री भए पनि मन्त्री रहदासम्म सबै जनताको समान रुपमा काम गर्ने बताउदै मन्त्री गुरुङले कुनै कर्मचारीहरु नियुक्ति गर्दा राजनीति भन्दा पनि क्षमतावान व्यक्तिलाई नै नियुक्ति गर्ने दाबी गरे । मन्त्री गुरुङलाई क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज), सल्लाहकारहरु महेश गुरुङ, सुनिल गुरुङ, पूर्व अध्यक्षहरु विरभद्र आचार्य, केशव थापा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतको सहभागिता रहेको महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लवले अब छिट्टै ३० जना वालकहरु पुनः राख्ने तयारी गरेको बरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए । क्लवको गतिविधिको बारेमा मन्त्री गुरुङ समक्ष जानकारी गराउदै अध्यक्ष सुरजले प्रदेश खेलकुद सदस्य सचिवमा योग्य र सक्षम व्यक्ति ल्याउन माग गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ