केन्याका धावक स्टेफेन काेस्गेइ लगातार दोस्रो पटक पोखरा म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार पोखरा रंगशालाबाट सुरु भएको दाैडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गरेका थिए । अघिल्लाे संस्करणमा उनले यो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पार गरेका थिए ।
दाेस्राे पनि केन्याकै धावक जुलियस मुरौकी हुन सफल भए । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरे । म्याराथनमा नेपाल आर्मीका हाेमलाल श्रेष्ठले २ घण्टा मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।
शनिबार नै भएकाे महिला सहभागी हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् ।

एपिएफकी बृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दाेस्राे भइन् । आर्मीकी पूर्णलक्ष्मी न्याैपाने तेस्राे बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा दूरी पूरा गरिन् ।
पाेखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्वितीय जुलियसले ३ लाख र तृतीय हाेमलालले २ लाख रुपैयाँ पाएका छन् । यसैगरी, महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय बृन्दाले १ लाख, तृतिय पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।
यस वर्षको खुल्ला म्याराथनमा १५० धावक र महिलातर्फको हाफ म्याराथनमा ३५ धावकले प्रतिष्प्रर्धा गरेका थिए ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते