आज नेपाली सेनाको २६०औँ स्थापना दिवस

आज नेपाली सेनाको २६०औँ स्थापना दिवस

sena

पोखरा । नेपाली सेनाले आज शनिबार २६०औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ ।

समारोहमा राष्ट्रपति एवम् सेनाको परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ । यस्तै भारतीय सेनाका पूर्व प्रमुख लगायतको पनि उपस्थिति हुनेछ ।

समारोहमा परेड अर्थात् शस्त्राभ्यास तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा ब्याण्ड प्रस्तुति हुनेछ । जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको साङ्गठनिक स्वरूप वि.सं. १८१९ देखि सुरूवात भएको हो ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ