पोखरा । चर्चित पप ब्याण्ड द एजले पोखराको क्वाटवाक क्लबमा विशेष प्रस्तुति दिने भएको छ । लेकसाइडस्थित क्वाटवाकमा ५ फागुनमा आफ्नो प्रस्तुति राख्न लागेको क्वाटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।
द एज ब्याण्ड नेपाली पप संगीतको क्षेत्रमा चर्चित छ । एज ब्याण्डका ‘न चाहेको होइन तिमीलाई..’, ‘सम्झिने मुटु’, ‘जब तिमीसँग’, ‘मेरो आँशु’, ‘प्रयाश’, जस्ता गीत चर्चित छन् । कार्यक्रमको व्यवस्थापनको जिम्मा ‘प्रचार‘ले लिएको छ ।
द एजले मंगलबार काठमाडौंमा भ्यालेन्टाइन डे विशेष शो सकाएर पोखरा आउन लागेको हो । पोखराबाटै उदाएको एज ब्याण्डले नेपाल भित्र र बाहिर शोहरु पाइरहेको छ ।
५ गतेको कार्यक्रमका लागि टिकट वित्रीको काम भइरहेको छ । कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री भइरहेको सञ्चालक लामाले बताए । टिकटको मूल्य पहिलो चरणमा एक हजार र दोस्रो चरणमा १५ सय र कार्यक्रमका दिनसम्म २ हजारसम्म पुग्ने लामाले जानकारी दिए ।
गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले रेष्टुरेन्ट र बारमा सेवा पाउँछन् । अन्तर्राष्ट्रिय स्तरको डान्स बार , म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्य, टवाक पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब हो ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु