पोखरा । प्रेस चौतारी कास्कीका सल्लाहकार केशव पाठकलाई मातृ शोक परेको छ । पाठककी आमा नैन कुमारी पाठकको ८० बर्षको उमेरमा आफ्नै निवासमा विहीबार दिउँसो निधन भएको हो ।
पोखरा १७ बिरौटा निवासी स्व. पाठकको पछिल्लो समय रक्तचाप, मधुमेह लगायत रोगबाट प्रभावित भइ उपचार चलिरहेको थियो ।
सल्लाहकार पाठकलाई मातृशोक परेकोमा प्रेस चौतारी कास्कीले हार्दिक समवेदना प्रकट गरेको छ ।
चौतारीका सचिव रञ्जन अधिकारीले शोक विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । साथै, मातृशोकमा रहेका सल्लाहकार पाठकसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
स्व. पाठकका केशवसहित ४ छोरा, २ छोरी र श्रीमान् रहेका छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ