कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी हिरासतमा

कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी हिरासतमा

makuri

मोरङ । ‘म्याकुरी’ थेगोले परिचित कलाकार पवन खतिवडालाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई मङ्गलबार राती नियन्त्रणमा लिएको हो ।

कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोप छ । खतिवडाले मङ्गलबार राति बेलबारी नगरपालिका १ स्थित होटेलमा मादक पदार्थ सेवन गरी झगडा गरेका थिए ।

खतिवडाले आफ्नै युट्युबबाट टेलिसिरियल चलाउँछन् भने उनले चलचित्रमा पनि काम गरिसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ