पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाट बनाएको अवस्थामा बर्बाद हुने बताएका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शक्ति सन्तुलनका हिसाबले पनि एमालेलाई राष्ट्रपति दिन नहुने बताए ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्ष नेकपा एमालेबाटै भएको अवस्थामा राष्ट्रपति समेत एमालेलाई नै दिँदा शक्ति सन्तुलन गुम्ने र देशमा अस्थिरता पैदा हुने तर्क नेपालको छ । देशमा राजनीतिक स्थायित्व कायम गर्न तथा संविधानको रक्षा गर्नका लागि राष्ट्रपतिमा सहमति हुनुपर्ने जिकिर गर्दै अध्यक्ष नेपालले त्यस्तो राष्ट्रपति राजनीतिक वा गैरराजनीतिक दुवै हुन सक्ने बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रपति सहमतिबाटै हुनुपर्नेमा जोड दिँदै भने – ‘कतिपय संवैधानिक अड्चनका कुरा गर्छन् । कतिपय कानुनी अड्चनका कुरा गर्छन् । कतिपय व्यवहारिक अड्चनका कुरा गर्छन् । पात्रकै नाम लिइकन कतिपय कुराकानी चलेको होला । तर, सहमतिको पात्रको ठाउँमा अहिलेसम्म पुग्न सकेको छैन ।’
अहिलेको गठबन्धनलाई खिचडी गठबन्धनको संज्ञा दिँदै अध्यक्ष नेपालले विचार नमिल्नेहरुको गठबन्धन भएको बताए । ‘यो गठबन्धन संविधानप्रति पनि प्रतिबद्ध छैन । गणतन्त्र प्रति पनि प्रतिबद्ध छैन । संघीयताप्रति पनि प्रतिबद्ध छैन । र, परिवर्तनप्रति पनि गौरवबोध गर्दैन ।’ – अध्यक्ष नेपालले भने ।
वर्तमान सत्ता गठबन्धनकै कारण देश प्रतिगमनको यात्रातर्फ लागेको संकेत देखापर्न थालेको उनको जिकिर छ ।
सम्बन्धित खबर
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते