नामिबियाविरुद्ध नेपालको शानदार जित

नामिबियाविरुद्ध नेपालको शानदार जित

nepali_cricket_team

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ऐतिहासिक जित निकालेको छ ।

काठमाडौंको किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकोल लोफ्टी–एटनले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलको सामना गरेका लिगेनले ९ चौका र ५ छक्का प्रहार गरे । एकदिवसीयमा उनको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।

यो एकदिवसीय क्रिकेटको इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले सन् २०१९ मा यूएईले दिएको २ सय ४४ रनको लक्ष्य ६ विकेट गुमाउँदै ४४ ओभर ४ बलमा भेटाएको थियो ।

यो जितसँगै नेपाल सात देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ