पोखरामा जारी कास्की कप ह्याण्डबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलका खेलहरु हुने

पोखरामा जारी कास्की कप ह्याण्डबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलका खेलहरु हुने

330668979_886585249125511_1549672649137249576_n

पोखरा । पोखरामा जारी नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता अन्र्तगत मंगलबार क्वाटरफाइनलका खेलहरु हुने भएका छन्। नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगितामा आइतबार तथा सोमबार लिग चरणका खेलबाट क्वाटरफाइनलमा छात्र तथा छात्राको ८/८ टोली प्रबेश गरेका हुन्।

मंगलबार बिहान करिब १०ः०० बजे पछि पोखरा एकेडेमी बिरुद्ध रेन्बो एकेडेमी बिच छात्र तर्फको खेल हुने भएको छ भने १०ः४५ बजे छात्रा तर्फ पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीसंग सामना गर्ने भएको छ । त्यसै गरी मंगलबार बाँकी अन्य क्वाटरफाइनलका खेलहरु हुने भएको हो ।

मंगलबार छात्र तर्फको ६ खेल सम्पन्न भएको कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र थापाले बताए । गण्डकी बोर्डिङ स्कुलले छात्र तर्फको पहिलो खेलमा वेलनन एकेडेमीलाई १६—४ को फराकिलो गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा सरस्वती आर्दश बिद्याश्रमले सृजना मावि माथि १२—९ को जित दर्ता गर्यो । इडेन्स स्कुल र सरस्वती वोर्डिङ स्कुलले भने ७/७ गोलमै खेल बराबरीमा टुंगाए । अर्को खेलमा भने अल्फा एकेडेमीले वेलनन एकेडेमीलाई ७—५ कोे गोल अन्तरले पराजित गर्यो । सृजना माविले रेन्वो एकेडेमीलाई ८—६ कोे गोल अन्तरले पराजित गर्दा अर्को खेलमा पोखरा एकेडेमीको बीले सरस्वती बोर्डिङ स्कुललाई ८—४ कोे गोल अन्तरले पराजित गर्यो ।

उक्त प्रतियोगिता पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा संचालन भएको संघका सचिव टेक बहादुर गुरुङले बताए ।

फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । प्रतियोगिता अन्र्तगत साविक विजेता छात्र तर्फ माउन्ट अन्नपूर्ण स्कुल हो भने छात्रा तर्फ गण्डकी बोर्डिङ स्कुल हो ।

प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको अध्यक्ष थापाले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ ।“स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अध्यक्ष थापाले बताए ।

महिला टोली उदउपुर प्रस्थान

यसैबिच उदयपुर वेलटारमा फागुन २ देखि ५ गतेसम्म संचालन हुने महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा सहभागि हुन कास्कीको टोली उदयपुर प्रस्थान गरेको छ । कोमली खड्काको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डबल संघले खेलाडीहरुको टोलीलाई यात्रा सहित प्रतियोगितामा सफलताको कामना गरेको छ ।

संघका सल्लाहकार राम बहादुर गुरुङ, बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, संघका अध्यक्ष चित्र थापा सहितको टोलीले खेलाडीहरुको टोलीलाई प्रतियोगितामा सफलताको कामना गरेको हो । टोलीमा कप्तान खड्का सहित पुजा क्षेत्री, अस्मिता नेपाली, स्नेहाः पुन, मिना पुन, शाहिना पुन, सुजना पुन, जेनी तिलिजा, सम्झना पुन, रोशनी पुन, अनिशा रेग्मी, गंगा रोका रहेका छन्। प्रशिक्षकमा सुवास गुरुङ रहेका छन भने टिम व्यबस्थापकमा रन बहादुर कार्की रहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ