यातायात मजदुरको प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त, प्रहरीको दुई वटा भ्यानमा आगजनी

यातायात मजदुरको प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त, प्रहरीको दुई वटा भ्यानमा आगजनी

birodh

काठमाण्डाै। काठमाण्डौको नयाँ बसपार्कबाहिरको सडकमा यातायात मजदुरले विरोध प्रदर्शन गरेका छन् । मजदुरले सडकमै गाडी तेर्साएर प्रदर्शन गर्दा नयाँ बसपार्क, बालाजु, गोगङ्बु, माछापोखरीलगायत क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ।

आन्दोलित यातायात मजदुर प्रहरीको भ्यान जलाएका छन्। उनीहरूले प्रहरीको दुई वटा भ्यान जलाएको प्रहरीले जनाएको छ।

यातायात मजदुरहरुले आफूहरुलाई नयाँ बसपार्कको ठेकेदार कम्पनीका प्रतिनिधिहरुले कुटपिट पनि गरेको बताएका छन् । उनीहरुले एक विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म भोलिदेखि उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने जनाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

ट्राफिक नियम मिच्दा तिर्नुपर्ने जरिवाना रकम बढाएको, पाँच पटकभन्दा धेरै गल्ती गर्दा लाइसेन्स खारेजी हुने नयाँ नियमलगायतको विरोधमा मजदुरले आन्दोलन गरेका हुन्।।

नयाँ व्यवस्थाअनुसार ट्राफिक नियम मिच्दा पाँच सयदेखि १५ सय रुपैँयाँसम्म जरिवाना हुँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ