हुर्जामा यशकुमारी जिसीको ३४ औं स्मृति समारोह

हुर्जामा यशकुमारी जिसीको ३४ औं स्मृति समारोह

Hurja News

पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले सामाजिक अभियन्ता यशकुमारी जिसीको ३४ औं स्मृति समारोह सम्पन्न गरेको छ ।

संस्थाले महिला शसक्तिकरणका क्षेत्रमा क्रियाशील रहेकै बेला २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएकी जिसीका अनुकरणात्मक अनुष्ठानको स्मरण गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।

पोखरा लामाचौर–१९ मा २०१४ कार्तिक १३ गते जन्मेकी जिसी महिला तथा बालबालिका विकास कार्यालयमा प्रमुखका रूपमा कार्यरत रहेकी थिइन् ।

महिला प्रशिक्षण केन्द्र जावलाखेलको २०३९ सालको पहिलो व्याचका रुपमा रहेका जिसीले ग्रामीण महिलाहरुको पेवा बढाउने, समूह गठन र महिलाहरुको विना धितो लगानी, कृषितर्फ अदुवा, तरकारी, वेसा, कफी खेती, रेशम किरा पालन, बाख्रा, भैंसी, कुखुरा पालन, उद्योगतर्फ पाउरोटी, गलैँचा सिलाइबुनाइ तालिम प्रदान गर्दै महिला शसक्तिकरण र अधिकारका क्षेत्रमा क्रियाशील रहेकी थिइन् ।

उनको स्याङ्जाको वालिङमा सेवारत रहेकै समयमा २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएको थियो । उनको योगदानलाई चिरस्थायी गराउनका लागि यशकुमारीको स्मृतिमा भाइ सविन जिसीको सक्रियतामा परिवारजनले हुर्जाले सञ्चालन गर्ने र अधिवेशनमा पुरस्कार अर्पण गर्ने गरी यशकुमारी जिसी स्मृति अक्षयकोष स्थापना गरेका छन् । उक्त पुरस्कारबाट अधिकारकर्मी प्रमिला तझ्या र सानुमाया गुरुङ पुरस्कृत भइसकेका छन् ।

श्रद्धाञ्जली सभामा दूरभाषाबाट सम्बोधन गर्दै संस्थापक अध्यक्ष कृष्ण अन्जान ज्ञवालीले यशकुमारीको योगदानलाई जीवन्त तुल्याउन हुर्जा निरन्तर क्रियाशील रहने बताए ।
यशकुमारी स्मृति कोषका संस्थापक सविन जिसीले यशकुमारीको योगदानलाई जीवन्त तुल्याउन हुर्जाले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए ।

सभामा हुर्जाका निवर्तमान अध्यक्ष राजेश पराजुली, उपाध्यक्ष वीरेन्द्र सापकोटा, सदस्य सत्यता ख्याउजु,सरिता गुरुङलगायतले यशकुमारीको योगदान बारे चर्चा गरेका थिए ।

सोमवारै बसेको संस्थाको बैठकले आसन्न अधिवेशनका लागि सदस्यता नवीकरण, साधारण तथा आजीवन सदस्यता वितरणका साथै प्रतिभा आह्वानका लागि सूचना जारी र छनौट समिति गठनलगायतका विविध निर्णयसमेत गरेको महासचिव सुशील श्रेष्ठले जानकारी दिए ।

संस्थाले १५ हजार १५ राशिको यशकुमारी जिसी स्मृति पुरस्कारका साथै ११ हजार १ सय ११ राशिका विविध पुरस्कारसहित विशिष्ट संस्था सम्मानसमेत अर्पण गर्दै र मानवअधिकार आवाज मुखपत्र प्रकाशन गर्दै आएको छ । हालसम्म मानवअधिकार आवाजका १० अंक प्रकाशन भइसकेको पूर्व अध्यक्ष राजेश पराजुली बताउँछन् ।

अध्यक्षको आसनबाट बोल्दै असफल गौतमले हालसम्म मानवअधिकार पत्रकारिता पुरस्कारबाट श्यामनाथ कुँवर, स्मीता अधिकारी, श्रीकान्त सापकोटा, सहयात्रा सम्मानबाट मतिलाल विशंखे, सीता जिसी सम्मानित भइसकेको जानकारी गराए । यस्तै हुर्जाले संस्थागत सम्मानबाट राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, आदर्श समाज राष्ट्रिय दैनिक, परिवर्तन नेपाल, सयपत्री समाज, समाजसेवा सम्मानबाट चन्दबहादुर गुरुङ, कृष्ण अन्जान ज्ञवाली, बालअधिकारकर्मीबाट एलिना गुरुङ सम्मानित र पुरस्कृत गरिसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds