टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

Turkey-earthquake-

पोखरा । टर्कीमा गत सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३४ हजार नाघेको छ।

टर्कीमा अहिलेसम्म मृत्यु हुने संख्या २९ हजार ६ सय ५ पुगेको छ भने सिरियामा ४ हजार ५ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उद्धारकर्मीहरुले टर्कीमा भूकम्प गएको १ सय ५० घण्टापछि १० वर्षीय बालिकालाई जीवितै उद्धार गरेका छन् ।

कठ्याङ्ग्रिने चिसोका कारण खोजी, उद्धार र पुनस्थापना निकै चुनौतीपूर्ण बनेको छ । विश्वभरबाट सहयोग पुग्ने क्रम पनि जारी रहेको छ ।

सिरियामा भने भूकम्प प्रभावित क्षेत्र विद्रोहीको कब्जामा हुँदा पीडितहरुले राहत पाउन सकेका छैनन् । उनीहरुलाई ओत लाग्ने त्रिपालको समेत अभाव रहेको छ ।

संयुक्त राष्ट्रसंघले विद्रोही नियन्त्रित सिरियाको यकिन विवरण आएपछि सहयोग टोली परिचालन गर्ने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds