पोखरा । पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि लामागाउँ एफसी र गन्नी एफसी भिड्ने भएको छ ।
बुद्धटोल युवा क्लबद्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल पोखरा १ पुरानो टुडिखेलमा भोली हुने दिउँसो १ बजे हुने खेल संयोजक विनोद गुरुङले जानकारी दिए ।
उनका अनुसार आज (आइतबार) भएको पहिलो समिफाइनल खेलबाट आयोजक बिटी ह्वाइटलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ एफसी फाइनल प्रवेश गरेको हो । लामागाउँको जितमा युनिक तामाङले निर्णायक गोल गरे ।
यस्तै अर्काे सेमिफाइनल खेलमा एलजी एसोसियशलाई २–१ गोल अन्तरले हराउदै गन्नी एफसी फाइनलमा लामागाउँसँगको भेट पक्का गर्याे । गन्नीको जितमा लक्षु थापा मगर र सुनिल घोतानेले समान १/१ गोलको योगदान दिए भने हार व्यहोर्न बाध्य भएको एलजीको तर्फबाट आशिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए ।
प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ ।
यस्तै विधागत तर्फपनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते