सामसुङको हालसम्मकै उत्कृष्ट ‘ग्यालेक्सी एस २३’ स्मार्टफोन सिरिज लञ्च

सामसुङको हालसम्मकै उत्कृष्ट ‘ग्यालेक्सी एस २३’ स्मार्टफोन सिरिज लञ्च

Samsung Nepal

पोखरा । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एस २३ स्मार्टफोन सिरिज लञ्च गरेको छ । ग्यालेक्सी एस २३ सिरिजमा शक्तिशाली क्यामेराका साथै उत्कृष्ट गेमिङ फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । केहिदिन अघि काठमाण्डाैमा लञ्च गरिएकाे ग्यालेक्सी एस २३ सिरिज पोखरामा आइतबार सार्वजनिक गरिएको हाे ।

पोखरा ग्राण्डमा एक समाराेहबीच गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बुद्धिराज गुरुङ, आइएमएस ग्रुपका जनरल म्यानेजर कैलाश ऐर र सामसुङका प्रोजेक्ट म्यानेजर सृष्टि शाक्यले एस २३, प्लस र अल्ट्रा सार्वजनिक गरे ।

यसअघि, सामसुङले हायात होटलमा माघ २५ गते आयोजित एक भव्य कार्यक्रमबीच सामसुङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसुङका निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल के.सी. र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमा प्रस्तुत गरिएको थियाे ।

सामसुङको नयाँ ग्यालेक्सी २३ को आधारभूत मूल्यमा ग्यालेक्सी एस २३, मध्यम मूल्यमा ग्यालेक्सी २३ प्लस र सिरिजको सबैभन्दा उच्च मूल्यमा एस २३ अल्ट्रा छ । कम्पनीको अनुसार एस २३ को नेपाली बजार मूल्य १ लाख २७ हजार ९९९, एस २३ प्लसको १ लाख ५१ हजार ९९९ तथा एस २३ अल्ट्राको मूल्य २ लाख ९ हजार ९९९ तोकिएको छ ।

पोखरामा प्रि–बुकिङ सुरु, चाँडै किने धेरै सुविधा

यी तिनवटै फोनको अन्तर्राष्ट्रिय बजारमा बुधबारदेखि नै प्रि अर्डर सुरु भएको छ भने फेब्रुअरी १७ देखि बजारमा उपलब्ध गराइनेछ । पोखरामा पनि प्रि–बुकिङ सुरु भएको छ ।

अबकाे १० दिन अर्थात् फेब्रुअरी २२ सम्म अर्डर गर्नेलाई ३५ हजार बराबरकाे थप सामाग्री प्राप्त गर्ने पनि कम्पनीले जनाएकाे छ । पूराना जुनसुकै फाेन ल्याएर ग्यालेक्सी एस २३ सिरिजसँग एक्सचेञ्ज गर्दा ८ हजार बढी मूल्य दिइने पनि कम्पनीले जानकारी दियाे भने १ वर्षसम्म टुटफुट भएमा कम्पनीले नै ब्यहाेर्ने पनि जानकारी दिएकाे छ ।

सामसुङ नेपालका चिफ सेल्स मेनेजर बद्री खड्काले सञ्चालन गरेकाे कार्यक्रममा पाेखरा डिस्ट्रिब्यूटर्स प्रमुख शुशिल कुमार गुरूङ लगायत गण्डकीका विभिन्न जिल्लाका डिस्ट्रिब्यूटर्स प्रमुखहरू, मिडियाकर्मीकाे उपस्थिति रहेकाे थियाे ।

फिचर्स

क्यामेरा र प्राेसेसर

नयाँ सिरिजका स्मार्टफोनमा क्यामरा फिचर्समा आमूल सुधार गरेको सामसुङको भनाइ छ । ग्यालेक्सी एस २३ अल्ट्रामा २ सय मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । उक्त उच्च क्षमतायुक्त adaptive pixel सेन्सरले कम प्रकाश भएको ठाउँमा पनि प्रष्ट, चम्किलो तथा विस्तृत तस्वीर खिच्न सक्नेछ ।

Lowlight photography का लागि उपयुक्त भनिएको यो फोनमा क्यामरालाई शक्तिशाली बनाउनका लागि सामसुङले क्वालकोमसँगको सहकार्यमा तयार गरेको आफ्नै चिपसेट प्रयोग गरेको छ भने आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको पनि प्रयोग गरिएको छ ।

ग्यालेक्सी एस २३ अल्ट्रामा astro hyperlapse नाम भिडियो फिचर पनि रहेको छ । यो फिचरको माध्यमबाट प्रयोगकर्ताले ताराहरुको चाल जस्तै निश्चित समयको अन्तरका चल दृश्य खिच्न सक्नेछन् र त्यसका लागि अरु कुनै विशेष उपकरणको आवश्यकता पर्नेछैन ।

यसले एकैपटकमा उच्चतम रिजोलुसनका धेरै स्तरहरुलाई साथ दिन पिक्सल बिनिङ प्रयोग गर्दछ ।  ग्यालेक्सी एस२३ अल्ट्रामा भएको एस पेनले टाइमर सेट नगरेरै ग्रुप फोटो खिच्न सहज बनाइदिन्छ । सबै प्लेटफर्महरुमा कुविक सेरेका साथ उच्च रिजोलुसनका फोटोहरु आदानप्रदान गर्ने सुविधा भने छ ।

ग्यालेक्सी एस२३ सिरिजका कुनै पनि डिभाइसमा अधिक शक्तिशाली चिपसेट जडान गरिएको छ । सामसुङका नयाँ स्मार्टफोनमा गेमिङ क्षमता पनि उच्च रहेको छ । यसको शक्तिशाली ब्याट्रीका कारण प्रयोगकर्ताहरुले स्मार्टफोनमा लामो समयसम्म गेम खेल्न सक्नेछन् । एस २३ अल्ट्रामा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । त्यस्तै एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री छ । त्यस्तै Snapdragon 8 Gen 2 प्रोसेसर रहेको छ ।

एस २३ अल्ट्रा विभिन्न तीनवटा स्टोरेज अप्सनमा उपलब्ध छ । सबैभन्दा महंगो मोडेलमा १२ गिगाबाइटको र्याम र १ टेराबाइटको मेमोरी उपलब्ध छ । दोश्रोमा १२ जिबीको र्याम र ५१२ जिबीको मेमोरी छ भने तेश्रोमा १२ जिबीको र्याम र २५६ जिबीको मेमोरी रहेको छ ।

त्यस्तै ग्यालेक्सी एस २३ प्लसमा एउटा मोडेल ८ जिबीको र्याम र २५६ जिबीको मेमोरी तथा अर्को मोडेल ८ जिबी र्याम र ५१२ जिबी मेमोरीयुक्त छ ।

त्यस्तै आधारभूत ग्यालेक्सी एस २३ मा चाहीँ ८ जिबी र्याम र १२८ जिबी मेमोरी भएको सस्तो मोडेल तथा ८ जिबी र्याम र २५६ जिबी मेमोरी भएको महंगो मोडेल उपलब्ध छ ।

डिस्प्ले

ग्यालेक्सी एस२३ अल्ट्राको एक्सपानसिभ डिस्प्ले ग्यालेक्सी स्मार्टफोनमा उत्कृष्ट र उज्यालोे भिजुअल अनुभव दिन्छ । ग्यालेक्सीमा भएको युनिक इन्हान्सद कम्फोर्टले तपाईंलाई मधुरो प्रकाशमा तपाईंको आँखामा स्क्रिन निझाउन मद्दत गर्दछ किनकी ग्यालेक्सी एस२३ सिरिजको कन्ट्रास्ट अनुपातहरु आँखामा तनाव कम गर्ने गरी डिजाइन गरिएका छन् ।

उत्कृष्ट दृश्यावलोकनका लागि ग्यालेक्सी एस२३ को डिस्प्ले पहिलेको भन्दा उज्यालो छ । यसको माथिल्लो स्तर १७५० निट्स पुगेको छ (१३०० निट्सबाट बढेर) । भिजन बूस्टरका साथ हाम्रो डिस्प्लेले ३ तहाके उज्यालोपना र रङ समायोजनका साथ वातावरणको प्रकाशलाई अनुकूल बनाउँछ ।

डिजाइन र टिकाऊ

एस२३ सिरिजका नयाँ स्त्यन्डर्ड सेटिङ आविष्कारहरु एक आकर्षक डिजाइनका साथ तयार पारिएका छन्, जसमा कुनै पनि ग्यालेक्सी स्मार्टफोनको अझ पुनः प्रशोधित पदार्थहरुका साथ सामसुङको दिगो प्रतिबद्धता झल्किन्छ । एस २३ सिरिज युएल इकोलागो प्रमाणित छन्, जसले उत्पादित सामान वातावरणीय असर कम पार्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्दछ । एकपटक मात्र प्रयोग हुने प्लाष्टिकहरु हटाउन ग्यालेक्सी एस२३ सिरिजले एक दिगो स्रोतको रुपमा रहेको १०० प्रतिशत पुनः प्रशोधित कागजबाट पुन निर्मित बक्समा प्रयोग गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds