त्रिभुवन विमानस्थलबाट आधा किलो सुन सहित दुई भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट आधा किलो सुन सहित दुई भारतीय नागरिक पक्राउ

arrest gold

काठमाडौं। प्रहरीले आधा किलो सुन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट ५ सय ग्राम सुनसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन् ।

ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो।

उनीहरू माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ