पैदलयात्रीलाई ठक्कर दिएर नियन्त्रण गुमाएकाे पजेरो महेन्द्रपुलको रेलिङ बारले अड्काउँदा पाेखरामा ठूलो दुर्घटना टरेको छ ।
आज दिउँसो साढे १ बजेतिरको समयमा पजेरोले बाटोमा हिँडिरहेका म्याग्दी, धौलागिरी ३ बस्ने ५२ वर्षीया फूलमाया बिक र उनका छोरा १८ वर्षका विष्णु बिकलाई ठक्कर दिएको हो ।
बा१३ च २६६२ नम्बरको उक्त पजेरो जीप तनहुँ शुक्लागण्डकी ५ बस्ने विद्यालय सञ्चालक डा. चन्द्रबहादुर थापाले चलाएको खुलेको छ । पार्किङ गर्ने क्रममा पैदलयात्री आमाछोरालाई पजेरोले ठक्कर दिई घाइते बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले गण्डकन्यूजलाई जानकारी दिए ।
पजेराे अघि बढाउने क्रममा साइकल लछार्दै अघि बढेकाे प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि ब्रेक हान्नुकाे सट्टा एक्सिलेटर दबाएपछि आमाछोरालाई ठक्कर दिँदै गाडी पुलतिर हुइँकिएकाे ट्राफिक प्रहरी प्रमुख प्रकाश शाहले बताए । चालककाे गम्भीर लापरबाही रहेकाे उनले बताए ।
पुलको रेलिङ बार बलियो हुँदा गाडी खस्नबाट जोगियो भने मानवीय क्षति पनि हुन पाएन । पुलमुनी साँघुरो र गहिरो सेती खोँच रहेको छ । घाइते आमाछोरालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । आमाकाे अवस्था मध्यम छ भने छाेरा विष्णुकाे अवस्था सामान्य छ । फूलमायाकाे ढाँडमाथिबाट टायर पार भएकाे प्रत्यक्षदर्शी एवं साइकलधनी वंशिधर बर्माले बताए । बिष्णुले आमालाई हस्पिटल लैँजादै गरेकाे बताएका छन् ।
दोषी चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ भने दुर्घटनामा परेको पजेँरोलाई क्रेनले उचालेर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।
घटनापछि महेन्द्रपुलमा केही समय ट्राफिक जाम भएको थियो ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो