पोखरा । चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन् । संघको शनिबार भएकाे पाँचौं अधिवेशनले अधिकारीकाे नेतृत्वमा सर्वसम्मत कमिटि चयन गरेकाे हाे ।
संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ सर्वसम्मत चुनिए ।
यसैगरी, संघको कार्यसमिति सदस्यहरूमा विनिता सुनार, गौरव त्रिपाठी, सुरेश सुनार, प्रेम थापा, एलिजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल र सिद्धार्थ गौतम रहेका छन् । संघको केन्द्रीय प्रतिनिधिमा सुशन घिमिरे र आशिष पुरी चयन भए ।
अधिवेशनका अवसरमा अग्रज कलाकार माओत्से गुरुङलाई सम्मान गरिएकाे थियाे भने पूर्व अध्यक्ष रेम बिक र सल्लाहकार राजाराम पाैडेललाई जितप्रसाद द्वा चलचित्र पुरस्कारबाट जनही २५ हजार सहित पुरस्कृत गरिएकाे थियाे ।

यस्तै, संस्थापक अध्यक्ष श्रीराम सिग्देलसहितका तत्कालीन कमिटिका पदाधिकारी, सदस्यहरूलाई पनि सम्मान गरिएकाे थियाे ।
पाेखराका मेयर धनराज आचार्यकाे प्रमुख आतिथ्यता एवं कार्यवाहक अध्यक्ष सन्ताेष सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, कास्कीका अध्यक्ष विमला भण्डारी, निवर्तमान अध्यक्ष अरूण गिरी लगायतले बाेलेका थिए ।

सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने