पोखरामा चर्को ध्वनी निकाल्दै तीब्र गतिमा कुदाउने ५० चालक र मोटरसाइकल नियन्त्रणमा

पोखरामा चर्को ध्वनी निकाल्दै तीब्र गतिमा कुदाउने ५० चालक र मोटरसाइकल नियन्त्रणमा

Bike-

तस्विर : जिल्ला ट्राफिक कार्यालय कास्की

पोखरा। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी नियम उल्लंघन गर्ने ५० वटा सवारी सहित चालकलाई कारवाही गरेको छ।

कार्यालयले मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदूषण गर्ने तथा तीब्र गतिमा लापरवाही तरिकाले सवारी चलाउने ५० मोटरसाइकल र चालकलाई कारवाहीको दायरामा ल्याएको हो।

प्रहरीका अनुसार मोटरसाईकल मोडिफाई गरी शान्ति सुरक्षामा खलल पुग्ने गरी आवाज निकाल्ने जस्ता जनगुनासोहरु आएपछि ट्राफिक प्रहरी कार्यालय कास्कीले माघ २६ र २७ गते बाट अभियान नै सञ्चालन गरी स्वरुप परिवर्तन भएका मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मोटरसाईकलहरुलाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाई १००० देखी ५००० सम्म जरिवाना गर्न सकिने व्यवस्था भएपनि मोडिफाईड गरेका सवारी चालकलाई सवारी नियम सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds