लखन बचत तथा ऋण सहकारीको सहकारी शिक्षा तालिम

लखन बचत तथा ऋण सहकारीको सहकारी शिक्षा तालिम

lakhan sahakari talim

पोखरा । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१० ले आफ्ना शेयर सदस्यका लागि एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।

बिहीबार आयोजित तालिममा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख चोलाकान्त वाग्ले र शाखा अधिकृत महेशराज पौडेलले प्रशिक्षण दिएका थिए ।

सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी शेयर सदस्यहरूलाई सहकारी ऐन, कानून, नियमावली एवं सहकारी सिद्धान्तका बारेमा जानकारी गराइएको थियो ।

साथै, सो अवसरमा वित्तीय साक्षरतासम्बन्धी “समृद्धि” नामक वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । शिक्षा उपसमितिका संयोजक रूद्रबहादुर श्रीसले तालिमको सहजीकरण गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds