अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गर्ने पोखराका युवक पक्राउ

अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गर्ने पोखराका युवक पक्राउ

Facebook-Jail

काठमाडौं। अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गर्ने पोखराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले कास्की जिल्ला पोखरा महानगरपालिका -१९ लामाचौर निवासी २३ वर्षीय आशिष परियारलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार युवकले प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्‍याक गरी सरसहयोगको विभिन्न बहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेका थिए।

उनले एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गरेको भन्ने उजूरीका आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट दुई दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ