टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २० हजार पुग्यो

टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या २० हजार पुग्यो

Turkey-earthquake

काठमाडौं । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार पुगेको छ ।

टर्कीको प्रकोप एजेन्सीले आफ्ना १७ हजार ४ सय भन्दा बढी नागरिकको मृत्यु भएको जनाएको छ ।

यस्तै सिरियामा भने मृत्यु हुनेको संख्या ३ हजार ३ सय १७ पुगेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

भूकम्प गएलगत्तै विभिन्न दातृ निकायलगायतका संघ संस्था र मुलुकहरुबाट उक्त भूकम्प प्रभावितहरुका लागि विभिन्न सहायता सामग्री संकलन हुने क्रम जारी छ । त्यसैगरी विभिन्न मुलुकले सैन्य अधिकारी र स्वयंसेवकहरु पनि उद्दार तथा पीडितको सहायताका लागि टर्की र सिरिया पठाइरहेका छन् ।

टर्कीको संसदले भूकम्प प्रभावित १० वटा प्रान्तमा ३ महिनाको आपत्कालीन अवस्थाको घोषणा गरेको छ ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds