पोखरा । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइलका ७ खेल भएका छन् ।
खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा बिहीबार भएको पहिलो खेलमा एलजी एसोसियशनले एनएम एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे । एलजीको जितमा आशिष गुरुङले निर्णायक गोल गरे ।
यस्तै लालीगुँरास धम्पुष र कमलपोखरीबीच भएको दोस्रो खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा कमलपोखरीले ४–३ गोलअन्तरले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।
तेस्रो खेलमा सत्य युवा क्लब बाझापाटनले लयर्स गयाङलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्याे ।
बाझापाटनको जितमा समिप रानाले ह्याट्रिक गरे भने समिर गुरुङले २ र दिपेश गुरुङले १ गोलको योगदान दिए ।
चौथो खेलमा गार्डेन एफसीमाथी मारानथा चर्च कस्केरी एफसीले २–० गोल अन्तरले जित निकाल्यो ।
कस्केरीको जितमा नविन तामाङ र सौरभ छन्त्यालले समान १/१ गोल गरे ।
यस्तै पाँचौ खेलमा आयोजक बिटी ब्ल्याकलाई हरिचोक युनाइटेडले १–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो ।
हरिचोक युनाइटेडको जितमा अमन साईले निर्णायक गोल गरे ।
छैटौ खेलमा नयाँगाउँ ब्रदर्श युनाइटेडलाई एफ फाइभ मालेपाटनले १–० गोलले हरायो । एफ फाइभको जितमा रविन्द्र गुरुङले गोल गरे ।
बिहीबार भएको अन्तिम खेलमा जि नाइन युनाइटेडलाई वी आर ब्रदर्श काठमाडौंले २–० गोल अन्तरले पराजित गर्याे । ब्रदर्शको जितमा सञ्जिव मगरले २ गोलको योगदान दिएका थिए ।
खेल संयोजक गुरुङका अनुसार शुक्रबार प्रिक्वाटरफाइनलको समिकरण पुरा हुनेछन् ।
पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते