पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो ।
कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एकसय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो ।
भण्डारीलाई कोषका संस्थापक सीता जिसी, वरिष्ठ साहित्यकार सरुभक्त, हरिदेवी कोइराला र सूर्य खड्का बिखर्चीले संयुक्त सम्मान अर्पण गरेका थिए ।
सरुभक्तले सर्जकको सिर्जनशीलता संख्यामा नभएर गुणात्मकताले स्तर निर्धारण गर्ने बताए । सरुभक्तले नेपाली साहित्यका विराट प्रतिभा बालकृष्ण समको योगदानको जुन रुपमा चर्चा हुनुपर्ने थियो त्यो नभइरहेको धारणा राख्दै जरोटुप्पोले विगतका केही वर्षदेखि सम जयन्ती मनाउन शुरु गरेकोमा यसलाई निरन्तरता दिनसमेत आग्रह गरे ।
हरिदेवी कोइरालाले जरोटुप्पोले नेपाली माटो र मौलिकतालाई बोकेर अगाडि बढिरहेको देख्दा आफूलाई निकै खुसी लागेको बताइन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले आफूँ स्रष्टा साधकको उचित सम्मान र संरक्षणका लागि राज्यसँग सक्दो पहल गरिरहेको बताए ।
सम्मानित स्रष्टा के.सी.ले आफूलाई सम्मानले थप उत्साह र जिम्मेवारी थपिदिएको बताउँदै संस्थाप्रति आभार व्यक्त गर्दै सम्मानलाई उचित सम्मानपूर्वक राख्न आफूँले प्रयास गर्ने बताइन् ।
कोषका संस्थापक सविन जिसीले आफ्ना हजुरबुबाआमाका नाममा यसरी सामाजिक कार्य गर्न पाउँदा उहाँले हिजो समाजमा पुर्याएको योगदानको स्मरण हुने बताए ।
प्रतिभा छनौट समितिका संयोजक प्राज्ञ कृष्णप्रसाद पौडेलले प्रतिभा छनौट प्रक्रिया र स्रष्टाको परिचय राखेका थिए । पौडेलले ‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका : लैगिंक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गरेकी भण्डारीलाई समाज, साहित्य र राज्यसेवाका हरेक क्षेत्रमा स्थापित बहुआयामिक व्यक्तित्वका रुपमा चिनाएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, सामाजिक रुपान्तरणका अभियान्ता भीम रानाभाट, संस्थाका मानार्थ संरक्षक विश्वमोहन गौचनले समको व्यक्तित्व र संस्थाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा गीताञ्जली साहित्यकार रामनाथ अधिकारी सँगी, साहित्यकार रुद्रबहादुर थापा, शोभाकान्त गौडेल, वसन्त चालिसे, लक्ष्मण थापा, शिव त्रिपाठी, तारानाथ पराजुली, छन्दिका त्रिपाठी, अम्बिका भण्डारी, अम्बिकाप्रसाद भट्टराईलगयातले रचनावाचन गरेका थिए ।
संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले सीताकुमारी जिसी र नाति÷बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना जिसीको परिवारबाट स्थापना गरिएको १ लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषको व्याज रकमबाट संस्थाले उक्त सम्मान अर्पण गरेको बताए ।
कार्यक्रममा प्रा.डा. यमबहादुर पौडेल क्षत्रीको स्वागत र असफल गौतमको सञ्चालन रहेको थियो ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ