गण्डकी स्पोट्स क्लबमा उमेश

गण्डकी स्पोट्स क्लबमा उमेश

umes ck

पोखरा । गण्डकी स्पोट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिल देव शर्मा, सह सचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सह कोषाध्यक्षमा सुमन ताम्राकार छन् ।

सदस्यमा जय प्रकाश थापा, कृष्ण बहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्य जंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमन जंग राणा, सुरेश बजिमय, मनोज कुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा (इमान), सुन्दर कुमार थापा र राज कुमार गुरुङ छन् ।

०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति कप आयोजना गरेको थियो । क्लबले क्षेत्रीय स्तरमा ४ संस्करण सम्म क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । बुद्ध जयन्तीको अवसरमा क्लबले ४ पटक जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

नवनिर्वाचित अध्यक्ष सिकेले खेलकुदका गतिविधिलाई जनस्तर सम्म पु¥याउन विभिन्न गतिविधि गर्ने प्रतिवद्धता गरे । उनले भने, विगतमा हामीले फुटबल, क्रिकेट, भलिबल प्रतियोगिताहरु गरिसकेका छौं । यसलाई अझ व्यवस्थित बनाउँदै स्पोट्स एकेडेमीको अवधारणामा अघि बढ्ने छौं ।’ भावी दिनमा महिला र बालबालिका केन्द्रीत प्रतियोगिता र खेलकुद गतिविधिसमेत गर्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ