पोखराको प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ ।
प्रतिभाका प्रिन्सिपल किरण सापकोटाका अनुसार दर्तामा सतप्रशित, जनरल बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्य चिकित्सामा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । चिकित्सकको परामर्शमा भने कुनै शुल्क नलाग्ने पनि सम्झौतमा उल्लेख छ ।
विद्यालयका प्राचार्य सापकोटा र अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) अनिल ओडूविलबीच बुधबार यो सहमति भएको हो । सापकोटाले सम्झौताले विद्यालयका मन्टेश्वरीदेखि १२ कक्षासम्मका विद्यार्थी, शिक्षक, कर्मचारीलाई स्वास्थ्य सेवामा लाभ पुग्ने बताए ।
‘विद्यालयले प्रमाणित गरेर पठाएपछि अस्पतालले सम्झौता बमोजिम तोकिएको छुट उपलब्ध गराउनेछ । त्यसले विद्यार्थी, शिक्षक र कर्मचारीलाई केही राहत हुनेछ,’ उनले भने, ‘यो सम्झौताले स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी बनाउन सघाउनेछ ।’ विद्यालयमा मन्टेश्वरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ ।
प्रतिभा माविका प्राचार्य किरण सापकोटा र मणिपाल अस्पतालका सिआइओ अनिल ओडूविल बुुधबार स्वास्थ्य सेवाबारे सम्झौता गरिँदै ।
सम्बन्धित खबर
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर