काठमाडौं । टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भूकम्पमा परि निधन भएको छ ।
तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टि गरेको हो ।
टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परि ८ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।
‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भूकम्पमा परि ज्यान गुमाएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हार्दिक श्रद्धाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई बिर्सने छैनौं ।’
२८ वर्षीय तुकास्लानले सन् २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोमा आबद्ध भएपछि ६ पटक खेलेका थिए ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते