पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वाषिकोत्सव तथा नवौं वार्षिक साधारण चितवनमा हुने भएको छ ।
महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा माघ २६ गते चितवनको पार्क सफारी रिसोर्टमा हुने महासंघका महासचिव किसान सुनारले जानकारी दिए ।
‘संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक महासंघको वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा राजधानी बाहिर गर्दै छौं, सुनारले भने, ‘राजधानी बाहिर पहिलो पटक हुन लागेको साधारणसभालाई विधान केन्द्रित महाधिवेशन भनेका छौं ।’
उनले विधान संशोधन गर्दै प्रदेश गठनलाई तिव्रता दिने बताए । ‘संघीयताको भावना अनुसार महासंघलाई अगाडी बढाउन साधारण सभाले पहिलो पटक संघीयताको मर्मअनुसार विधान संशोधन गर्दै छौं, विधान संशोधनसँगै साधारण सभाले चिवतन घोषणा पत्र समेत जारी गर्नेछ ।’ महासचिव सुनारले भने ।
‘स्वच्द्ध व्यवसायः सम्मानित व्यवसायी’ मूख्य नारा लिएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले कानूनहरुको पूर्ण पालन गर्दै व्यवसायलाई स्वच्छ र पाददर्शी बनाएर प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय प्रति गौरव गर्ने र सम्मानित व्यवसायी भएको अनुभुति गर्न सक्ने अवस्थाको सिर्जना गर्ने महासंघको अभियान छ ।
महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणको उद्घाटन बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गर्ने कार्यक्रम तय भएको आभुषण महासंघले जनाएको छ ।
साधारणसभामा भरतपुर महानगरपालिकाका प्रमुख रेनुका दाहाल, प्रमुख जिल्ला अधिकारी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष लगायत अतिथिहरुको सहभागिता रहने छ भने, देशभरका २ सय बढी संस्थागत प्रतिनिधिहरुको सहभागिता रहने महासंघले जनाएको छ ।
२०६९ माघ २७ गते स्थापना भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मुलुकभरका गहना व्यवसायीहरुको प्रतिनिधिमूलक अग्रज संघीय संस्थाको रुपमा स्थापित भएको छ । महासंघ स्थापना हुनु भन्दा अगाडी मुलुकमा गहना व्यवसायीहरुका समानस्तरका धेरै संघहरु भएकाले ती सबैको प्रतिनिधिमूलक संघीय संस्थाको आवश्यकता महशुस गर्दै महासंघको स्थापना गरिएको जनाइएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो