पोखराले कोसेली दिन हस्तकलाका सामग्री बनाउनु पर्छः निर्देशक आचार्य

पोखराले कोसेली दिन हस्तकलाका सामग्री बनाउनु पर्छः निर्देशक आचार्य

Lead Photo

पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले सुन्दर पर्यटकीय सहर पोखराले पाहुनालाई कोसेली दिनका लागि हस्तकलाबाट उत्पादित सामग्री बनाउन आवश्यक रहेको जनाएका छन् ।

प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा सिप विकास तालिम प्रदर्शनीका ४० जना प्रशिक्षार्थीलाई महिला सिप विकास संस्थामा आयोजित प्रमाण पत्र वितरण समारोहमा आचार्यले गण्डकी प्रदेशमा कस्तो प्रकारको सिप सिकाउँदा पूर्ण रूपमा उद्यमीभई आत्मनिर्भर र आर्थिक उपार्जनमा टेवा पुग्छ भन्ने विषयमा परिषद् चनाखो रहेको हुँदा महिला उद्यमीका हातबाट बनाइएका सामग्रीको बजारीकरण तथा विक्री प्रवद्र्धनका लागि सहकार्य गर्न प्रतिबद्ध रहने बताए ।

आचार्यले थपे ‘महिला दिदीबहिनीले तालिमपछि उद्यमी बनेर जीवनस्तरमा परिवर्तन आएको देख्न चाहेको छु ।’ सिप परीक्षणको प्रमाणपत्रका साथै प्रशिक्षकलाई पहिचान गरी प्रमाणपत्र दिने कार्यमा परिषद्ले कामगर्दै आएको जानकारी दिए ।

कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काले सिप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर उठ्दैन, सिकेको सिपलाई निरन्तरता दिनुपर्छ । तालिमलाई प्रमाणपत्रमा मात्रै सीमित नराखी व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गरिन् । स्थानीय कच्चा पद्धार्थको सदुपयोग गरी थोरै मकैको खोस्टाबाट पनि आयआर्जन गरी सम्पूर्ण परिवार पाल्न सकिने बताइन् ।

गुडिया कुसन र मकैको खोस्टाबाट सामग्रीबनाउने तालिम १२ दिनको ७२ घण्टा छोटो अवधि भएकाले सिपमा निखारता ल्याउन र उद्यमशील बनाउन यसलाई तीन महिने बनाउनुपर्ने, तालिमपछि प्रमाणपत्रको सदुपयोग गर्दै सिर्जनशील बन्नुपर्ने, महिला उद्यमीले तयार गरेका वस्तुको बजारीकरण र प्रवद्र्धन गर्न आवश्यक रहेको धारणा वक्ताहरूले मन्तव्यका क्रममा राखेका थिए ।

कार्यक्रममा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयकी प्राचार्य मोतीमाया सुवेदी, पोखरा उद्योग वाणिज्य संघकी वित्ततथा लेखा प्रमुख सरिता ताम्राकार, कास्की पोखरा हस्तकला संघकी संस्थापक उपाध्यक्ष हिरा भट्टराई, उपाध्यक्ष सीता गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी मुख्य प्रशिक्षक सविता श्रेष्ठ, प्रशिक्षक हिमकुमारी पुन, प्रशिक्षार्थी सितादेवी पौडेलले सिप सिकाईको महत्व, सिप हस्तान्तरण, महिला सशक्तिकरणका विषयमा बोलेका थिए ।

पोखरा उद्योग वाणिज्य संघद्वारा गत मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोतित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ सन्दर्भमा प्रत्यक्ष अवलोकनमा आधारित गुडिया कुसन तथा मकैको खोस्टाबाट बनाइने हस्तकलाका सामग्रीको तालिम सञ्चालन भएको थियो । मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय, अन्नपूर्ण बहु प्राविधिक शिक्षालय ढिकुरपोखरी सँग कास्की पोखरा हस्तकला संघले सहकार्य गरेको थियो ।

कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको सभापतित्वमा सम्पन्न प्रमाणपत्र वितरण समारोहमा संघकी सदस्य सविता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव बुद्धि बहादुर पुर्जाले कार्यक्रम सञ्चालन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds