थाइल्याण्डमा हुने प्रतियोगितामा भाग लिन जान लागेका बूढानिलकण्ठ निवासी ३ जना खेलाडीलाई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहितको टाेलीले शुभकामनाका साथ बिदाइ गरेका छन् ।
थाइल्याण्डको हुवाहिन सहरमा माघ १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने मई थाई फेस्टिवलको विश्व च्याम्पियनसिप फाईटमा भाग लिन वडा नं ५ का १३ वर्षिय गेन्जी राई, वडा नं ६ का १८ वर्षिय दिगविजय राठौर र १९ वर्षिय लाल बहादुर तामाङ जान लागेका हुन् ।
डब्लु. वि.सि. मई थाई नेपाल अन्तरगतका ३ खेलाडीहरुलाई संस्थाले नगर प्रमुख, उपप्रमुखसहित संस्थाका अध्यक्ष राजु राई, महासचिव दिपक तामाङ र अन्य मई थाई खेलाडीहरुको उपस्थितिमा पत्रकार भेटघाटसहित बिदाई कार्यक्रम आयोजना गरेको हाे ।
कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारीले खेलाडीहरुलाई मई थाई खेलमार्फत देशकै प्रतिनिधित्व गर्न लागेकोमा धन्यवाद व्यक्त गर्दै जीतको अग्रिम शुभकामना व्यक्त गरे ।
स्थापनाकाल देखिनै नगरपालिकाको साथ र सहयोग पाईरहेको डब्लु. वि.सि. मई थाई नेपाललाई यस खेलको विकास र खेलाडीको स्तरोन्नतिको लागि नगर परिषद्मा थप छलफल भईरहेको उनले जानकारी दिए । थाईल्याण्डमा हुन गईरहेको उक्त प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडीहरुसँगै थाईल्याण्ड जाने सचिव दिपक तामाङले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते