महानगरको आयोजनामा वडास्तरीय भलिबल

महानगरको आयोजनामा वडास्तरीय भलिबल

volleyball comp

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे ।

प्रमुख आचार्यले खेलाडीहरूको क्षमता अभिवृद्धिसहित थप अवसर सृजना गर्न बेलाबखत प्रतियोगिता भइरहनुपर्ने बताए । खेलकुदले अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रमुख आचार्यले व्यक्त गरे ।

पहिलो दिन सोमबार पुरुषतर्फका ८ खेल भए । जसमा पोखरा–२३ ले पोखरा–१५, पोखरा–२४ ले पोखरा–१४, पोखरा–१६ ले पोखरा–७, पोखरा–१८ ले पोखरा–३१ लाई सोझो सेटमा, पोखरा–२० ले पोखरा–१९ लाई, पोखरा–२१ ले पोखरा–३३ लाई, पोखरा–३२ ले पोखरा–२२ लाई, पोखरा–२५ ले पोखरा–२८ लाई २–१ को सेटमा पराजित गरे । खेल जितेको पोखरा–२५ को टिमलाई प्रोटेस्ट परेपछि पोखरा–२८ स्वतः क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल र सेमिफाइनलका खेल मंगलबार हुने छन् । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार दिउँसो हुनेछ ।

प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिमको सहभागिता छ । यस प्रतियोगितामार्फत उत्कृष्ट टिम घोषणा गरिने छ जसले पछि हुने अन्तर नगरपालिका भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाकोतर्फबाट सहभागिता जनाउने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ