पोखरा। रातकाे समयमा चेकिङमा रहेका प्रहरीकाे हात भाँचिदिएकाे आराेपमा पक्राउ परेका युवा व्यवसायी ५ दिन हिरासत बसेर रिहा भएका छन् ।
२५ वर्षीय अटो व्यवसायी सौरभ थापा जरिवाना रकम तिरेर रिहा भएका हुन् । अभद्र व्यवहारकाे मुद्धा खेपेका थापा २ हजार ८ सय जरिवाना तिरी सिडिओकाे आदेशमा छुटेकाे कास्की प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार थापाले चलाएको गाडीले माघ १२ गते बिहान ३ बजे पोखरा-१० रामबजार, पेन्सन क्याम्प अगाडि चेकिङमा बसेका प्रहरीलाई ठक्कर दिएको थियो । मादकपदार्थ सेवन गरेका थापाले नियोजित रुपमै गाडीको ढोकाले प्रहरी हवल्दारलाई हानेको प्रहरीले बताएको छ । ढाेकाकाे ठक्करबाट प्रहरी हवल्दार चित्रबहादुर वलीकाे हात ‘क्र्याक’ भएकाे छ । उनलाई बिहीबार नै पक्राउ गरी पाँच दिन म्याद थप गरी अनुसन्धान गरेकाे कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुवास तिमिल्सिनाले बताए ।
प्रहरीका अनुसार उक्त दिन थापाले चलाएकाे गाडीको स्पिड बढी देखेपछि प्रहरीले रोक्न खोज्दा थापा अघि पुगे । त्यसपछि फर्केर प्रहरीकै आडमा रोकेर ढोका खोल्दा हात भाँचिएको थियाे । सौरभ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) केन्द्रीय अध्यक्ष ध्रुवबहादुर थापाका छोरा हुन् ।
सौरभले आफ्नो जन्मदिन पुस तेस्राे साता पनि लेकसाइडको क्याटवाक नाइट क्लबका संचालकको पार्किङमा भएको गाडीलाई ठक्कर दिएका थिए । त्यसपछि त्यहाँ सम्झाइबुझाइ गरेर पठाउँदा झनै उग्र रूपमा प्रस्तुत हुँदै अपशब्द बाेल्दै दोस्रोपटक पार्किङमा भएको गाडीलाई ठक्कर दिएपछि बाउन्सरले बल प्रयाेग नै गर्नुपरेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
प्रहरीले बोलाएपछि बिहान उनी आफैँ वडा प्रहरी कार्यालय बैदाम पुगेका थिए । त्यहाँ दुई-तीन घण्टा राखेर उनलाई प्रहरीले छाडेको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने