प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

Prachanda-and-Victoria-Nuland

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ ।

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्याण्डसहितको प्रतिनिधिमण्डल प्रचण्ड भेट्न आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । नुल्यान्डको टोलीमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन पनि सहभागी थिए ।

उक्त भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएकी नुल्याण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds