श्रीमानले पेट्रोल छर्किएर आगो लगाउँदा श्रीमती घाइते, दुई वर्षीय छोराको मृत्यु

श्रीमानले पेट्रोल छर्किएर आगो लगाउँदा श्रीमती घाइते, दुई वर्षीय छोराको मृत्यु

baby-death

बाँके । बाँकेमा एक जनाले पेट्रोल छर्किएर आगो लगाइदिँदा दुई वर्षका छोराको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।

कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार साँझ श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार गंगाले छोरालाई बोकेकी थिइन् ।

आगोले जलेका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते गंगाको उपचार भइरहेको छ । शरीरको १८ देखि २० प्रतिशत भाग जलेकोले उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

घटनापछि फरार बिकलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। आपसी मनमुटाबमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ