पोखरा । पाेखरामा सहकारीकाे नेतृत्व गर्दै आएका एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् । रानीपाैवास्थित डल्फिन बचत तथा ऋण सहकारीका म्यानेजर लेखुराम खातीले पोखरा महानगरपालिका ९ शिवटोलस्थित घरमा आइतबार साँझ ७ बजेतिर झुन्डिएर आत्महत्या गरेकाे प्रहरीले जनाएको छ ।
खल्तीमा ऋणिहरुलाई तिर्नुपर्ने रकमको लिस्ट राखेर झुण्डिएकाे कारण ऋणकै बाेझले आत्महत्या गरेकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ । ३८ वर्षीय खातीमाथि लगानी गरेकाे ऋण उठाउन नसकेकाे र बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको हुनसक्ने देखिएकाे छ । किनकि, दिउँसाे आफू आबद्ध सहकारी सञ्चालक समितिको बैठकमा सहभागी भएर घर फर्केपछि खाती झुण्डिएका थिए ।
बैठकमा खातीलाई ऋण रकम उठाउन दबाब दिएपछि आत्महत्या गरेको हुनसक्ने प्रहरी श्राेत जनाउँछ । खातीले आफ्नाे धेरै ऋण रहेको भन्दै दुई/तीन दिनअघिसम्म साथीभाइसँग पैसा सहयाेग, सापटी माग्दै हिँडेको बताइन्छ । पछिल्लो समय उनी कार्यरत डल्फिन सहकारीकाे अवस्था पनि नाजुक हुँदै गएपछि दबाब महसुस गर्न थालेकाे निकटस्थहरू बताउँछन् । सहकारीले दशैं अघिदेखि नै ८/१० हजारकाे पनि चेक साट्न नसकेकाे अवस्था थियाे ।
उसाे त खातीले साउनमै सहकारीकाे म्यानेजरबाट राजीनामा दिएपनि सञ्चालक समितिले स्वीकृत नगरेकाे मिडियामाझ बताएका थिए । पहिलेका म्यानेजर र अध्यक्षसहितका केही सञ्चालकहरूले लाेनका नाममा सहकारीकाे पैसा लगेकाे, बचतकर्ताकाे पैसा साट्न नसक्दा थप बचत हुन नसकेकाे भन्दै चिन्ता व्यक्त गरेका थिए ।
उनले सहकारीकाे ७० प्रतिशत ऋण उठ्न नसक्ने अवस्थामा रहेकाेसमेत खुलासा गरेका थिए । हिसाब मिलाउने बहानामा राेकिएका लाेनहरू उठाउन नसक्दा सहकारी राम्राे हुँदाहुँदै पनि याे हालतमा पुगेकाे उनकाे भनाइ थियाे । झण्डै ३ वर्ष अघिकाे लाेन उनीहरूले नतिर्दा याे अवस्था उत्पन्न भएकाे खातीले बताएका थिए । आफ्नाे बचत समेत लिन नसक्ने अवस्थामा रहेकाे भन्दै उनले अब आफै सहकारीबाट पैसा उठाउन लागिपर्ने बताएका थिए । आफू पनि पीडित रहेकाे भन्दै उनले सहकारीमा आफूबाट गल्ती भए कारबाहीकाे भागिदार हुने पनि मिडियामाझ बताएका थिए ।
खातीले आत्महत्या गरेपछि उनकी श्रीमती सिर्जना खड्का बेहोस छिन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । खातीका एक छोरी र छोरा छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने