पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त भएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सञ्चारमन्त्रीसमेत रहेका उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी सुन्दास थिइन् ।
गाहा प्रदेश सभा सदस्यमा दोहोरिएर जित्ने एमालेका एकमात्र सांसद हुन् । उनी अघिल्लै कार्यकालमा अर्थ मन्त्री बन्ने चर्चा भएर पाएका थिएनन् । अर्थमन्त्रीमा किरण गुरुङ नियुक्त भएपछि उनले जिम्मेवारी पाएनन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि भने गाहा लेखा समिति सभापति भएका थिए । संविधानसभा सदस्य समेत रहिसकेका उनी नवलपुरका क्षेत्र नम्बर १ ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
यो कार्यकालमा मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । पछि फेरि अर्थ मन्त्रीका चर्चा चले पनि मुख्यमन्त्री अधिकारीले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका हुन् । पृथ्वीसुब्बा समूह निकट रहेका कारण गाहालाई मुख्यमन्त्री अधिकारीले महत्वपूर्ण मन्त्रालयबाट पन्छाएकाे चर्चा चलेकाे छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने