पोखरा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विहीबार देशभर मनाइएको छ । पाेखराको पालिखेचोकस्थित प्रतिभा माविमा पनि विहीबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी पर्व मनाईएको छ ।
प्रतिभा माविका संस्थापक प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयमा विहीबार बिहानदेखि पूजा–आराधना गरिएको थियो । देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीहरुले विद्यालयमा पूजाआजा गरेका थिए । विद्यार्थी सहित विद्यालयका शिक्षक शिक्षिका, अभिभावक पनि पूजा–आराधनामा सहभागी भएका थिए ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी विद्यार्थीले आआफ्ना कला साधनाका वस्तु कापिकलम, कुची र वाद्ययन्त्र लाई सरस्वतीका रुपमा पूजा गर्ने चलन रहेको छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकोले अभिभावकले विद्यालय जान सक्ने उमेरका बालबालिकालाई शिक्षणसंस्थामा लगेर अक्षरारम्भ गराएको प्राचार्य सापकोटाले बताए ।
विद्यार्थीलाई विद्यारम्भ गराउने बाहेक यस दिन बालबालिकाको नाक–कान छेड्न पनि शुभ मानिन्छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यो दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्यालयले हरेक वर्ष यो दिन कार्यक्रम गर्दै आएको उनले बताए ।

सम्बन्धित खबर
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने